logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज एसइईको नतिजा सार्वजानिक हुँदैं, ३५ अंक नल्याए वर्गीकृत नगरिने


अंकुरण खबर
1.651K
Shares

आज माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा सार्वजानिक हुने भएको छ ।

मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको जानकारी दिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ ब्यवस्था कार्यान्वयनमा ल्याएको बोर्डको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

गत बैशाख ८ गते संचालन गरिएको एसइई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरु सहभागी भएका थिए ।