logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति


अंकुरण खबर
1.001K
Shares

थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।

खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

इष्टर्नले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपी निष्कासन गर्न मंसिर २४ गते निवेदन दिएको थियो । बोर्डले साउन ९ गते अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ,एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।