logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनार्दन शर्मामाथि छानबिन : संसदीय समितिले भोलि प्रतिवेदन बुझाउने


अंकुरण खबर
1.508K
Shares

बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर शुक्रबार बुझाउने तयारी गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

उनले प्रतिबेदनमा समान धारणा आउने दाबी गरे । तर छलफलका क्रममा आएका फरक मतमासमेत सहमति खोजिने उनको भनाइ छ ।