logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु


अंकुरण खबर
1.651K
Shares

कैलाश गाउँपालिका–७ वराङस्थित मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका खानीडाँडा बस्ने ५५ वर्षीय जित बहादुर प्रजा रहेका छन् । उनको बुधबार मृत्यु भएको हो ।

प्रहरी चौकी भार्ता र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले  घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।