logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु


अंकुरण खबर
1.001K
Shares

मोरङ, सिरहा र सुनसरीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

मोरङको लेटाङ नगरपालिका–९ बस्ने लेखराज राईको २६ महिनाको छोरा हिटलर राईको आफ्नै घर नजिकै पानीको पैनीमा डुबेर बिहीबार मृत्यु भएको छ ।

डुबेर असक्त भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहाको भगवानपुर गाउँपालिका–४ बस्ने अजय यादवकी छोरी १६ महिनाकी रोशनी कुमारी यादवको बिहीबार डुबेर मृत्यु भएको छ ।

सखुवान्नाकट्टी गाउँपालिका–२ पटना टोलस्थित मामा घरमा खेल्ने क्रममा घर नजिकै पोखरीमा डुब्दा उनको मृत्यु भएको हो ।

सुनसरीको बर्जु गाउँपालिका–६ टपरा टोल बस्ने बिनोद यादवको छोरा १५ वर्षीय राज भन्ने अजय यादवको बिहीबार डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित भैँसी चराउने क्रममा बुढी खोलामा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।