logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागूऔषधसहित धनकुटाबाट एक जना पक्राउ


अंकुरण खबर
1.625K
Shares

प्रहरीले लागूऔषधसहित धनकुटाबाट एक जनालाई पक्राउ गरेको छ ।

हिदभूमि गाउँपालिका-५ घरभई हाल धनकुटा-७ स्थित डेरा बस्ने २८ वर्षीय राकेश राई पक्राउ परेका हुन् ।

शंका लागेर राईको कोठामा गई खान तलासी गर्दा १७ हजार फेला पारी सोधपुछ गरिएको प्रहरीको भनाइ छ । उनले अञ्जु विश्वकर्माको कोठाभित्र लागूऔषध लुकाई छिपाई राखेको जानकारी गराएका थिए ।

तत्कालै अञ्जुको कोठामा खान तलासी गर्दा अबैध लागूऔषध दुईकिलो गाँजा, ३ बट्टा लागूऔषध कोरेक्स, ६० चक्की नाइट्रोजेपाम, १ हजार १५० चक्की स्पास्पेन र १ हजार २१० चक्कीट्रामोल फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।