नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई माओवादी नै नभएको आरोप लगाएका छन् ।
नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले माओवादी भनेको प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र मात्र भएको दाबी गरे।
प्रचण्डले भने, ‘किरण माओवादी काम छैन, विप्लव माओवादी पनि अब अर्थ छैन्,बाबुराम त माओवादी नै होइनन् तीनको हिसाब नै भएन।’
उनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा देशको बागडोर सम्हाल्ने जिम्मा माओवादी माझ रहेको बताए। ‘माओवादी भनेको माओवादी केन्द्रमात्र हो भन्ने यो पटकबाट प्रमाणित भयो’ प्रचण्डले भने।