logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

थपिए ४३८ जना नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ४३,६९२ जना, २ जनाको मृत्यु


अंकुरण खबर
1.495K
Shares

पछिल्लो २४ घण्टामा ४३८ जनालाई सक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९२ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२०७ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ४३ सय ६९ जना रहेका छन् । अहिले ३३ जना आइसियु र ४ जना भेन्टिरलेटरमा उपचाररत छन् ।