logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला


अंकुरण खबर
1.313K
Shares

एनसीसी बैंकले आज आइतबारबाट फेरि २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसअघि बैंकले दुईपटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेपछि फेरि लिलामीमा ल्याएको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन साउन २२ गते दिउँसो ३ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।