logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज यी स्थानमा भारी वर्षाको सम्भावना, यस्तो रहने छ तीन दिनको मौसम पूर्वानुमान


अंकुरण खबर
962
Shares

आज शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने आज दिउँसो देशभर सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश-१ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार

भोली(शनिबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ। राती  देशभर सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

आईतबार

पर्सी आइतबार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण बाढी पहिरो र यातयात अबरुद्ध हुन सक्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ ।