logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब काठमाडौँ महानगरपालिकाका सडकमा माग्न नपाइने, अटेर गरे कारबाही


अंकुरण खबर
1.495K
Shares

अबदेखि गीत गाएर र नाँच्दै काठमाडौँ महानगरपालिकामा पैसा माग्न नपाइने भएको छ ।

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै महानगरको सडक, सार्वजनिक स्थल, अन्य सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारीसाधनमा बसेर भिख माग्‍न नपाइने भएको हो । कुनै काम गर्ने बहानामा वा व्यक्तिलाई रकम वा ज्याला दिई माग्‍न वा दुरुत्साहन नगर्न महानगरले अनुरोध गरेको छ । ११ औँ नगरसभामा समेत यो नीतिको स्वीकृत भइसकेकाले यो सूचना प्रकाशित गरेको महानगरले जनाएको छ ।

सूचनामा भनिएको छ : १० दिनभित्रमा उल्लेखित सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्नु वा तथा नगराउनु हुन यो सूचना सूचित गरिन्छ, यस कार्यमा सहयोग गर्न आम मानिस र महानगरबासीमा अनुरोध गरिन्छ ।

सूचनाको उल्लंघन गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानून बमोजिम कारबाही हुने महानगरले बताएको छ ।

असहाय, वृद्ध तथा रोगी मानिसलाई महानगरले विभिन्न ठाउँबाट उद्धार गरी व्यवस्थापन गर्दै आएको छ । मानव सेवा आश्रमको आवश्यक परेमा काठमाडौँ महानगर वा आश्रममा सम्पर्क गर्न पनि बताएको छ ।