logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज बस्ने राष्ट्रियसभा बैठकबाट बजेट पारित गरिने


अंकुरण खबर
2.002K
Shares

राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित गर्ने तयारी छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक २०७९ छलफल र पारितका लागि पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

बैठकमा स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित केही विधेयक पनि पारित गर्ने तयारी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ मा दफावार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ माथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ।