logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सबै मन्त्री फिर्ता बोलाउँदै जसपा, नयाँ अनुहार पठाउने


अंकुरण खबर
1.625K
Shares

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता तयारी गरेको छ ।

मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने गृहकार्य भइरहेको जसपाका एक नेताले बताए । सरकारमा सहभागी सबै मन्त्रीहरूलाई फिर्ता गर्ने तयारी गरेका छौँ । नयाँ नामको पनि छलफलमै भएको जसपाका एक नेताले बताए ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन् ।