logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक झालाई अखिल क्रान्तिकारीले दल्यो कालोमोसो


अंकुरण खबर
1.924K
Shares

नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना हुन लाग्दा देशभरका सरकारी विद्यालयमा पाठ्यपुस्तक अभाव छ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी) का केही नेताहरुसहितको टोलीले जनक शिक्षाकाप्रबन्ध निर्देशक अनिल कुमार झालाई शुक्रबार भक्तपुरस्थित कार्यालयमै पुगेर मोसो दलेर दुर्व्यहार गरेका हुन्। युक्रेन-रसिया युद्ध र स्थानीय निर्वाचनको मतपत्र छपाइका कारण पुस्तक समयमा दिन नसकेको बताइरहेको छ। पाठ्यपुस्तकको कृत्रिम अभाव गराइ विद्यार्थीको भविष्यमाथि खेलवाड, भ्रष्टचार र कमिसन लेनदेन आरोपमा  अखिल क्रान्तिकारीले झालाई मोसो दलेका हुन्।

झामाथि क्रान्तिकारीले जनक शिक्षा सामाग्रीमा करोडौं रकम भ्रष्टाचार गरेर ससुराली भारतमा अकुत सम्पत्ति थुपारेको आरोप लगाएको छ।

पटक-पटक आग्रह गर्दापनि निर्देशक झाले नटेरेपछि आफुहरुले बाध्य भएर कालो मोसो दलेको नेता ललित बिकले जनाएका छन् ।