logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज अधिकांश स्थानमा भारी वर्षाको संभावना, महाशाखाले दियो यी ठाउँमा चेतावनी…


अंकुरण खबर
910
Shares

अहिले देशका अधिकांश भूभागमा वर्षा भैरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज आंशिकदेखि सामान्य बदली रहनेछ ।

पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै तराई क्षेत्रका केही स्थानमा हल्का वर्षा हुनेछ ।

मनसुनी वायुको प्रभावले अहिले पनि देशभर आशिकदेखि सामान्य बदली रहि प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ। आज राति पनि प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि तथा अन्य भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आइतबार भने देशका धेरै स्थानहमा हल्कादेखि मध्यम वर्षा हुँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण खोला नाला बढ्ने, बाढी पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ ।

सिन्धुपाल्चोक,झापा लगाएतका जिल्लामा भारी वर्षा, महाशाखाले दियो चेतावनी  

यसैबीच सिन्धुपाल्चोक जिल्लाको मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने भन्दै आसपासका क्षेत्रमा सुरक्षित रहन आग्रह महाशाखाले आग्रह गरेको छ ।

गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा भएका कारण मेलम्ची नदीमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाले जनाएको छ । कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने अन्य स्थानमा पनि खहरे खोलाहरु बढ्न सक्ने भएकाले विहान १० बजेसम्म ‍अति उच्च सतर्कता अपनाउन महाशाखाले चेतावनी दिएको छ ।

त्यस्तै झापाको शनिश्चरे, चन्द्रगढी लगायत इलाम र झापाको सीमा आसपास केही स्थानहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ । महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिमस तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।