logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सूचनाको हकले लोकतन्त्र बलियो बनाउँछ, सकारात्मक सोच र व्यावहारले शान्त समाज निर्माण हुन्छ


अंकुरण खबर
1.001K
Shares

सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले सूचना पाउने हक कार्यान्वयनमा आफ्नो नगरपालिकामा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

शनिबार राष्ट्रिय सञ्चार केन्द्रको आयोजना र सूर्यविनायक नगरपालिकाको सहयोगमा भक्तपुरमा आयोजित ‘सूचनाको हक र सकारात्मक सोच’ विषयक कार्यक्रममा मेयर थापाले यस्तो बताएका हुन् । प्रत्येक नागरिकले सूचना पाउने अधिकार पूर्ण रुपमा पाई आवश्यक्ता अनुसार सरोकारवालालाई घच्घचाए मात्र ‘खुसी नेपाली, संवृद्ध नेपाल’ को लक्ष्य साकार हुन सहयोग पुग्ने मेयर थापाको भनाई थियो ।

त्यस्तै कार्यक्रममा सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेलले सही सूचना पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले सूचना माग्ने र पाउने सबैको अधिकार रहेको बताए । सूचनाको हकको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका पोखरेलले सूचनाको हकले मुलुकमा लोकतन्त्रलाई बलियो पार्न महत्वपूर्ण भूमिका खेल्ने बताए । सबै नागरिकले बुझने हिसाबले पारदर्शी ढंगबाट सरकारी निकायले जतिसक्दो छिटो-छिटो सूचना सम्प्रेषण ग¥यो उती सही थितीको बिकास हुने उनको भनाई थियो ।

कार्यक्रममा सकारात्मक सोचका अभियान्ता रमण भट्टराईले सकारात्मक सोच, बिचार र व्यवहारले मात्र शान्त र संवृद्ध समाज निर्माण हुने भएकाले सोही अनुसार अगाडी बढ्न सबैलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले आफ्नो संस्थाले सधै सञ्चारकर्मीको क्षमता विकासमा काम गर्दै आएको बताए ।

कार्यक्रममा सञ्चारकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारीको उपस्थिति रहेको थियो ।