नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।
बैठक आइतबार(आज) बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ।
आजको सचिवालय बैठकका आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र वर्तमान राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।
एमालेले केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिवको नेतृत्वमा तीन उपमहासचिव, सात जना सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय तय गरेको छ।
आजको बैठकको तयारीको लागि शनिबार(हिजो) केन्द्रीय कार्यालयको बैठक बसी एजेण्डा तय गरेको थियो।