logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

माओवादीको केन्द्रीय समिति बस्दै, आगामी निर्वाचन र पदाधिकारीलगायतका विषयमा छलफल हुने


अंकुरण खबर
1.17K
Shares

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार(आज) बस्दैछ।

बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्नेगरी तय भएको छ। आजको बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन लगाएका विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएपछि पटक(पटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डुलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी यन हुन सकेका छैनन्।

मूख्य गरेर महासचिवको विवादले पदाधिकारी चयनमा सकस परेको बताइन्छ । महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ। त्यस्तै, केन्द्रीय सदस्यको संख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ।

थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ। माओवादीमा मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ।