logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा छलाङ, २१ सय अंकको बृद्धि


अंकुरण खबर
611
Shares

सेयरबजार परिसूचक नेप्से ५७.६१ अंकले बढेको छ।

उक्त अंकले बढेसँगै नेप्से फेरि २०८६.३८ विन्दुमा पुगेको छ। आज कारोबार भएको बजारमा १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटाको मात्रै घटेको छ। त्यस्तै पाँच कम्पनीको उही मूल्य कायम छ। नेप्सेका अनुसार आज ६२ लाख कित्ता सेयर बिक्री हुँदा दुई अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

आज साल्ट ट्रेडिङ, हिमालयन पावर पार्टनर, माथिल्लो तामाकोशी, साञ्जेन जलविद्युतलगायत नौवटा कम्पनीको सेयर १० प्रतिशत वा सोही हाराहारीले बढेको छ।

गुमाउने लगानीकर्ताले पनि सोही हाराहारीसम्म गुमाउनुपरेको छ। आज ङादी ग्रुप पावरको सर्वाधिक २२ करोडको सेयर कारोबार भएको छ।

बजारमा आज २३१ कम्पनीको सेयर कारोबार भएको थियो। ४५ हजार पटकको कारोबारमा झण्डै साढे २ अर्बको खरिदबिक्री भएको नेप्सेले जनाएको छ।