नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जनाए अनुसार काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा जीन सिक्वेन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला हो ।
डा.दासका अनुसार अन्य शंका लागेका ठाउँमा पनि जीन सिक्वेन्सिङ र अध्ययन भैरहेको बताए । नयाँ प्रजाति भेटिए पनि बिरामीको एकी भैनसकेकाले यसबारेमा पनि अध्ययन भैरहेको उनको भनई थियो ।
महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रमित बिरामीको नमूनाको जीन सिक्वेन्सिङ अध्ययन गरिरहेको छ । नेपालमा पछिल्लो केही दिनदेखियता कोरोना सङ्क्रमण दर बढिरहेको छ ।