logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्न थाल्यो कोरोना, २४ घण्टामा थपिए ४० जना संक्रमित


अंकुरण खबर
1.378K
Shares

नेपालमा थप ४० जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ४७ पिसिआर परिक्षणका क्रममा ३४ जना र १ हजार १ सय ६३ एन्टिजेन परिक्षणका क्रममा ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

सोमबार पनि कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ३५ जना निको भएका छन् । हाल नेपालमा ३ सय ४८ सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।