logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड निवासमा माओवादी केन्द्रको विस्तारित बैठक जारी, के बिषयमा हुदैछ छलफल ?


अंकुरण खबर
1.521K
Shares

आकस्मिक रुपमा जारी केन्द्रीय समितिको बैठक स्थगन गरेको नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष निवासमा गरिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार विस्तारित बैठक प्रचण्डको निवास खुमलटारमा बैठक जारी छ।

बैठकमा पूर्व स्थायी सदस्य र प्रदेश इन्चार्ज भएको मल्लले जानकारी दिए ।
नेताहरूले पाँच दिनसम्म बैठक बसेर भए पनि महासचिवसहित सबै पदाधिकारीको टुंगो लगाउन प्रचण्डलाई दबाब दिएका बेला यसरी बसेको बैठकलाई निकै चासोका साथ हेरिएको छ । साथै स्पष्ट नखुलाए पनि अर्थमन्त्री चौतर्फि बिरोध भैरहेको बेला यस विषयमा पनि छलफल हुन सक्ने आकल छ ।

यसअघि आइतबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बसेर सक्ने तयारी थियो।

केन्द्रीय समितिको बैठक भने भोलि बुधबार दिउँसो १ बजे बस्ने जनाइएको छ ।