logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संखुवासभा मादी सामूहिक हत्याकाण्ड फैसला, चार जनालाई आजीवन र नाबालकलाई १६ वर्ष कैद


अंकुरण खबर
923
Shares

संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका अभियुक्तमध्ये चारलाई आजीवन काराबासको फैसला सुनाइएको छ।

जिल्ला अदालत संखुवासभाले सोमबार थुनामा रहेकामध्ये चार अभियुक्तलाई आजीवन काराबासको फैसला सुनाएको हो । अदालतले थुनामा रहेका चार जनालाई आजीवन काराबास र २ लाख रुपैयाँका दरले क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ।

आजीवन काराबास सुनाइएकाहरूमा मादी नगरपालिका–१ उम्लिङ खोलागाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्की छन्।१७ वर्षीय किशोरलाई भने नाबालक भन्दै अदालतले २५ वर्षको दुई तिहाई अर्थात् १६ वर्ष भन्दा बढी कैदको फैसला सुनाएको छ।

गत वर्षको भदौ २१ गते मादी उम्लिङका संखुवासभाको मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्यामा भएको थियो।

५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।