logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ह्वातै बढ्यो कोरोना संक्रमण दर, एकै दिन ९० जना संक्रमित


अंकुरण खबर
1.612K
Shares

पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमणमुक्त भएका छन् ।