logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित


अंकुरण खबर
1.131K
Shares

अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन्।

उनीहरू अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जाँदै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन्। अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ।

स्थानीय सरकारी अधिकारीले पनि सुरक्षित स्थानतर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन्। झन्डै ५० हजार मानिस विस्थापित हुनुपर्ने उनीहरूले बताएका छन् । पछिल्लो चार दिनमा झन्डै आठ महिनामा हुने जति वर्षा भएको छ। बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन्।

बाढीले न्यू साउथ वेल्सका धेरै ठाउँ बढी प्रभावित भएका छन्। ग्रेटर सिड्नी भनिने तीन ठूला सहर भएको भूभागमा अहिलेको आपत्कालीन अवस्थामा १०० वटाभन्दा बढी स्थानान्तरणको निर्देशन जारी गरिएको छ।

जोखिम भएका ठाउँ छाड्न स्थानीय बासिन्दालाई गरिएको आग्रहलाई बेवास्ता नगर्न पनि अधिकारीहरूले ध्यानाकर्षण गराएका छन् । जोखिम भएका स्थानका व्यक्तिलाई अन्यत्र जानका लागि स्वयंसेवक तथा सुरक्षाकर्मीले पनि सहयोग गर्ने व्यवस्था मिलाइएको छ। रासस