logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बजेट निर्माणमा हाम्रो संलग्नता छैन, आरोप पुष्टि भए कारबाही भोग्न तयार छौँ : चौधरी ग्रुप


अंकुरण खबर
949
Shares

बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको कुनै संलग्नता नभएको प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै बजेटका सन्दर्भमा चौधरी ग्रुपको संलग्नता नरहेको दाबी गरेका हुन् । ‘बजेट निर्माण प्रक्रियामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । हाम्रो संलग्नताको बारेमा बिनाआधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ,’ उनले भनेका छन् ।

उनले यस सम्बन्धमा छानबिन गर्न पनि माग गरेका छन् । ‘यस मामिलामा यदि हाम्रो संलग्नता कतै पुष्टि भएमा हामी कारबाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरू कारबाही भोग्नका लागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भनेका छन् ।

बजेटमा करका दर हेरफेर गर्ने क्रममा अर्थमन्त्री शर्माले चौधरी ग्रुपसँग सम्बन्धित व्यक्तिको प्रयोग गरेको आरोप लागिरहेको छ ।