logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पदाधिकारी टुंगो नलगै सकियो माओवादी केन्द्रीय समिति बैठक, प्रचण्डले भने एक हप्ता समय दिनुस्…


अंकुरण खबर
1.963K
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक पदाधिकारीको टुंगो नलगै सकिएको छ।

प्रज्ञा भवन कमलादीमा चार दिनदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पदाधिकारीबारे निर्णय लिन अझै केही साता समय मागेका छन्।

तर प्रचण्डले १५६ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति घोषणा गरेका छन्।

समापन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले आफूलाई केहीदिन समय दिन भन्दै केन्द्रीय सदस्यलाई आग्रह गरेका थिए।

उनले भने ‘आवश्यक तयारी नपुगेकाले आज मैले पदाधिकारीको घोषणा गर्न नसक्ने भएँ, मलाई केही दिन समय दिनुस्’। बैठक लम्बाएर भए पनि पदाधिकारी टुङ्गो लगाउन पर्ने सदस्यहरुले माग गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठको विकल्प नरहेको प्रचण्डले बताएका छन् ।