logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज १६८ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.365K
Shares

सोमबार थप १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ३०२० नमूना परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार एक दिनको अवधिमा १८३४ नमूनाको पीसीआर र ११८६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट १२९ र एन्टिजेन विधिबाट ३९ नमूनाको पोजिटिभ रिपोर्ट आएको हो।

सोमबार थप ३७ जना कोरोनामुक्त भएका छन्।

आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

नेपालमा हाल ७७० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५ हजार ४०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका  छन्।

पछिल्लो समय कोरोना संक्रमण बढ्‍दै गएको भन्दै मन्त्रालय स्वास्थ्यका मापदण्ड अपनाउनु आग्रह गरेको छ।