logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हामी पायो भन्दैमा ३ माना चुक खाएर बिरामी हुने अहिलेको गठबन्धन जस्तो होइनौं : केपी ओली


अंकुरण खबर
949
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पायो भन्दैमा ३ माना चुक खाएर बिरामी हुने अहिलेको गठबन्धन जस्तो नभएको बताएका छन्।

ओलीले अहिलेको सत्ता गठबन्धन मृत भइसकेको बताएका छन्। पार्टी कार्यालय च्यासलस्थित आयोजित अन्तक्रियामा ओलीले एमालेले विचार गरेर मात्रै गठबन्धन गर्ने बताए।

सत्ता गठबन्धनमाथि खनिएका ओलीले सत्ता गठबन्धन अस्वस्थ भएको भन्दै अब धेरैदिन टिकिरहे ‘हैजा फैलिने’ आरोप लगाए।

‘यो त निष्प्राण पनि भईसक्यो र हानिकारक छ। यसले हैजा फैलाउँछ। यसले समाजलाई दुषित गर्छ। प्रायोजन सिद्धिसकेपछि जीवन्त नभइसकेपछि मरेको चिज बोकेर हिँडदाखेरी  देशका लागि यो मृत भइसक्यो,’ओलीको भनाइ छ।