logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गणपूरक संख्या नपुगेर प्रतिनिधिसभा बैठक स्थगित


अंकुरण खबर
884
Shares

प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या सदनमा उपस्थित नहुँदा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

बैठकमा गणपूरक संख्या ७९ हुनुपर्नेमा ६१ मात्रै भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सोमबारको बैठकमा ६१ जना मात्रै सांसद उपस्थित रहेका थिए । एमाले सांसद भूपेन्द्र थापाले बैठकमा गणपूरक संख्या भएको भन्दै गणना माग गरेका थिए । त्यसलगत्तै सभामुख सापकोटाले गणना गर्दै बैठक स्थगित गरेका हुन् । यसअघि असार १२ गते पनि गणपूरक संख्या नपुग्दा बैठक स्थगित भएको छ ।

संसद्‌मा गणपूरक संख्या भनेको एक चौथाइ मात्र हो । दुई सय ७५ सांसद भएको सभामा ६९ सांसद पनि उपस्थित नभएकाले सोमबार बैठक नै स्थगित गर्नुपरेको छ ।

सोमबारको बैठकमा रेल्वे विधेयक पेस गर्नेलगायतको कार्यसूची थियो ।