logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुनः बढ्याे सार्वजनिक यातायातको भाडादर


अंकुरण खबर
923
Shares

सोमबार रातिदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडादर फेरी बढेको छ।

अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यकोआधारमा स्वचालित रूपमा समायोजन गरिएको यातायात व्यवस्था विभागले सोमबार सूचना निकालेर जानकारी दिएको छ।

विभागका अनुसार यात्रुवाहक गाडीमा १ दशमलव ७९ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको हो।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरूपमा भाडादर परिवर्तन हुने उल्लेख छ।

गएको असार १२ गते पनि भाडादर समायोजन गरिएको थियो।