रूसले सबै युक्रेनीलाई देशको नागरिकता दिने भएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रूसी नागरिकता दिने आदेशमा हस्ताक्षर गरेका छन्।
यो आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ।
बीबीसीका अनुसार पुटिनले सबै युक्रेनीलाई रूसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेका हुन्
युक्रेनविरूद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेत्स्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा गरेका थिए।