logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उत्तरवाहिनी घुम्न हिँडेका थिए कमला नदीमा शव भेटिएका मामा-भान्जा


अंकुरण खबर
871
Shares

सिरहाको कमला नदीमा फेला परेको शव मामा-भान्जाकाे भएकाे र उनीहरू उत्तरवाहिनी घुम्न हिँडेकाे खुलेकाे ५ ।

आएतबार अपरान्ह घरबाट सिरहा र धनुषाको बीच सीमामा पर्ने धार्मिकस्थल उत्तरवाहिनी घुम्न निस्केका कर्जन्हा नगरपालिका-१ बन्दीपुरका १७ वर्षीय मोहम्द अलि र भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव साेमबार कमला नदीमा फेला परेको हो।

बकरइदको पहिलो दिन हिजो घरमा खानपिन गरेर ज९प ६१९४ नम्बरको बुलेट मोटरसाइकल लिएर घुम्न भनी कर्जन्हा नपा-१ कै उत्तरवाहिनी गएका उनीहरू राति अवेरसम्म नफर्केपछि प्रहरीलाई खवर गरेरको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। प्रहरी र आफन्त मिलेर रातभर खोजे पनि उनीहरूको शव साेमबार बिहानमात्र फेला परेको उनले बताए।

कमला नदीमा नुहाउन गएका उनीहरू डुवेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।