logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


अंकुरण खबर
1.326K
Shares

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीकै मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेका छन् ।

दुर्घटनाबाट गम्भिर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

लु ४० प ५९८९ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे नियन्त्रण गुमाएर पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।