logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एनआरएनए यूकेका अध्यक्ष गाहामगर निलम्बित


अंकुरण खबर
1.066K
Shares

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगर निलम्बित भएका छन् ।

एनआरएनए यूकेका महासचिव खुशी लिम्बूले मंगलवार प्रेश विज्ञप्ति जारी गर्दै एनआरएनए यूकेले केन्द्रमा तिर्नुपर्ने सदस्यता शुल्क नतिरेको र सम्बन्धन समेत नलिएको वर्तमान अवस्थामा संस्थाभित्र विवाद सुरु भएपछि गैरआवासीय नेपाली संघको पदाधिकारीको बैठकले अध्यक्ष कुल आचार्यको संयोजकत्व गठित एक उच्चस्तरीय छानवीन समितिले छानविनको प्रकृयाअघि बढाएपछि उनको पद स्वतः निलम्बनमा परेको जनाएका छन् ।

विज्ञप्तिमा बेलायतस्थित नेपाली समुदायलाई एनआरएनए यूकेको अध्यक्षको हैसियतमा प्रेम गाहा मगरलाई कुनै पनि कार्यक्रममा अतिथिको रुपमा बोलाउने, चन्दा लिने र चन्दा दिने कार्य तुरुन्तै बन्द गर्न गराउन अनुरोध गरिएको छ ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रेम गाहा मगरले संघको सदस्यता शुल्क केन्द्रमा नबुझाएपछि संस्थाको सम्बन्धन खारेजीको प्रकृयामा रहेको एनआरएनए यूकेले जनाएको छ ।