logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पशुपन्छी बजार प्रबद्र्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा, जनही ४७ लाख ३७ हजार बिगो दाबी


अंकुरण खबर
845
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको हरिहरभवनस्थित पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालयका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले ४७ लाख ३७ हजार ६२९ रुपैयाँ गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आज दायर गरिएको मुद्दामा प्रत्येकसँग ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बिगो दाबी गरिएको छ ।

अख्यितारले मुद्दा दायर गरेका अन्यमा पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालयका लेखा अधिकृत रामप्रसाद बँजगाई र वरिष्ठ पशु चिकित्सक पूजा शर्मा, किराँत याकथुम चुमलुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेश बहादुर सोदेम्बा र लाइफ टाइम इन्जिनियरिङ सोलुसन प्रा.लि. काठमाडौंका सञ्चालक रोशन भट्टराई छन् ।

आर्थिक वर्ष २०७३÷०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यकममार्फत तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–५ माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा इष्टिमेटबमोजिम कार्य नै नगरी ४७ लाख ३७ हजार ६२९ रुपैयाँ भुक्तानी भएको पाइएको अख्तियारले जनाएको छ ।