logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

८० राउण्ड गोलीसहित १८ वर्षीय युवक पक्राउ


अंकुरण खबर
546
Shares

झापाका विभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न  भद्रपुर नगरपालिका–५ का १८ वर्षीय मोहमद प्यारेको साथबाट ८० राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा छापा मारेको थियो ।  प्रहरीले उनको घरमा गाडेको अवस्थामा सो परिणामको गोलीसहित विभिन्न कम्पनीका मोवाइल र चार्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीमा ५ लाख १८ हजार २ सय रुपियाँ बराबरको सामान चोरी भएको भनी उजुरी परेको थियो । खोज्नेक्रममा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको   जनाएको  छ । उनीबाट चोरिएका २९ थान मोबाइल, २ थान घडी र ६१ हजार ५०० रुपियाँ नगद र चोरीमा प्रयोग गर्ने रडलगायातका सामग्री फेला पारेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गोली उनले भारतबाट ल्याएको वयान दिएका छन् ।