logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से १४.७१ अंकले बढेर २००० बिन्दुमा


अंकुरण खबर
637
Shares

बिहीबार पनि सेयर बजार १४.७१ अंकले बढेको छ । आज नेप्से २००१.५३ बिन्दुमा पुगेको छ भने दुई अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ।

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार तीन दिन सुधार देखिएको हो।

लगानीकर्ताहरू विशेष गरी साउन पहिलो साता आउने मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्।

यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट चार करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेको थियो। उक्त व्यवस्था हट्नुपर्ने माग संगठित लगानीकर्ताहरूको छ।