logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदमा गजेन्द्र महतको प्रश्न- शरणार्थीलाई हात धोएको पानी पनि नदिन हामी कस्ता नेपाली ?


अंकुरण खबर
1.079K
Shares

काठमाडाैं, १४ जेठ । प्रतिनिधिसभाकाे शनिबारकाे बैठकमा नीति तथा कार्यक्रम माथि अाफ्नाे भनाई राख्नु हुदै गजेन्द्र महत। तस्विर रत्न श्रेष्ठ, रासस

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रहादुर महतले भुटानी शरणार्थीप्रति नेपाल सरकारले बेवास्ता गरेको बताएका छन् ।

प्रतिनिधिसभा बिहीबारको बैठकमा नागरिक विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सरकारले भुटानी शरणार्थीलाई पानीसमेत नदिएको बताए ।

‘भुटानले लखेट्यो, भारतले लखेट्यो । नेपाली मुलकका भनेर नेपाल आएर बसे । उनीहरुलाई न पानी दियौँ, न घाँस दाउरा दियौँ, न लास गाड्ने ठाउँ दियौँ, न नागरिकता दियौँ, न जागिर दियौँ,’ बैठक महतले भने, ‘तर, अमेरिकाले लग्यो । हामी भन्ने बेला नेपाली मूलकका भन्ने । उनलाई (शरणार्थीलाई) हात धोएको पानी पनि नदिने, हामी कस्ता नेपाली ?’

नागरिकता प्रदानमा फराकिलो मन बनाउनुपर्ने बताउँदै उनले भारतीय यहाँ दुःख गर्न नआउने बताए । ‘भारतको सबै सुखसुविधा छाडेर भारतीयहरु यहाँ नागरिकता लिन आउँछन् ?,’ उनले प्रश्न गरे ।