logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुनै हातलमा प्रहरीलाई अहिले हतियार किनिँदैन : प्रधानमन्त्री देउवा


अंकुरण खबर
559
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले यस विषयमा गृह मन्त्रीलाई निर्देशन दिने बताए ।

नेताहरु गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले केन्द्रीय समितिको जारी बैठकमा प्रहरीलाई किन्न लागेको हतियारका बारेमा प्रश्न उठाएका थिए ।

‘प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन । त्यो निर्णय होइन । त्यो हतियार अहिले किन्दैनौं’ सभापति देउवाले बैठकमा भनेका थिए।

प्रहरीलाई हतियार किन्न भन्दै यसअघि बजेट रकमान्तर गरिएको थियो ।