logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रोकियो’


अंकुरण खबर
403
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्छौं भनेसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको उनले दाबी गरेका छन्।

‘एसपीपी केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो’ उनले भने ।