logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवदम्पतीले घाेषणा गरे विपन्न विद्यार्थीलाई सहयाेग


अंकुरण खबर
884
Shares

अर्घाखाँचीमा एक नवविवाहित दम्पतीले वैवाहिक खर्च कटाैती गरी विकट क्षेत्रका गरिब विद्यार्थीहरूलाई सहयाेग घाेषणा गरेका छन् ।

शुक्रबार अदालती विवाहबाट एक भएका नवदम्पती गणेश बेल्वासे र सुमित्रा भण्डारीले शीतगंगा नगरपालिका वडा नं ८,९,१० का विपन्न विद्यार्थीहरूलाई सहयाेग गर्ने घाेषणा गरेका छन् ।

एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि सिद्दारामा रहेकाे जनजागृति माध्यमिक विद्यालयमा ५० हजार र अन्य विद्यालयमा आवश्यकता हेरी ५० हजार गरी एक लाखकाे अक्षयकाेष घाेषणा गरेका हुन् ।

लामाे समयदेखि शिक्षण पेसामा रहेका नवदम्पतीले पिछडिएका बालबालिका आर्थिक अभावमा पढाइ छाेड्नुपर्ने अवस्था अन्त्यका लागि केही टेवा पुगाेस् भन्ने मनसायका साथ अनावश्यक खर्च कटाैती गरी सहयाेग गरेकाे बताएका छन् ।