logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड दिल्ली पुगे


अंकुरण खबर
936
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् ।

भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । साे क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति थियो।

भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारललगायतका विषयमा कुराकानी हुने दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले जानकारी दिएका थिए ।