काठमाडौं महानगरपालिकाले कुहिले र नकुहिने फोहोर छुट्टयाउन आग्रह गर्दै घरदैलो अभियान संचालन गरेको छ । शनिबारकाे अभियानमा महानगरका मेयर बालेन्द्र साह आफैं सहभागी भएका छन् ।
घरदैलोमा पुगेर मेयर साहले कुहिले र नकुहिने फोहोर छुट्टै भाँडामा राख्न आग्रह गर्दै छुट्टाछुट्टै फोहोर लिन फरक फरक दिन गाडि आउने जानकारी दिएका छन् ।