logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगलागीबाट लाखौंको क्षति


अंकुरण खबर
1.105K
Shares

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर १० खडगपुरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सप्तरीको बोदेबरसाईन नगरपालिकाको वडा नं १० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा बलिरहेको ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा लाखौंको धन सम्पति जलेर नष्ट भएको हो ।

आगालागीमा ८ क्विन्टल चामल २० क्विन्टल धान,  चना १ क्विन्टल, तोरी ४० किलो, साईकल १ थान, सिलिन्डर ३ थान(सानो, ठुलो), १ लाख ५० हजार नगद, सुन ३तोला र चाँदी ३ किलो डढेर नष्ट भएको स्थानीयले बताएका छन्।

एकै साथ तीन सिलिन्डर पडकेर आगलागी हुँदा आगो निभाउने क्रममा तीन स्थानीय घाईते भएका छन। घाइते हुनेहरूमा कारी दास, महेश यादव, धिरेन्द्र यादव रहेका छन्।