logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


अंकुरण खबर
1.339K
Shares

 

काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ डालाबेशीमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा चालक सिन्धुलीको मझुवा गाँउपालिका–५ का १९ बर्षीय मिलन मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो ।

काठमाडौँबाट सिन्धुली तर्फ जादै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल गएराती साढे २ बजे डिभाडरमा ठोकिएर पल्टिएको थियो ।

घाइते भएका मोटरसाइकल पछाडी सवार मृतकका २१ बर्षीय दाई प्रेम बहादुर मग्रातीको अवस्था सामान्य रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।