logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरी गर्ने तीन जना पक्राउ


अंकुरण खबर
559
Shares

नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गौरीघाट बस्ने सिन्धुपाल्चोक चौतारा घर भएका १८ वर्षीया किशोरी, सर्लाही लालबन्दी नगरपालिका–१६ घर भएका २० वर्षीय सिद्दार्थ बुढाथोकी र काठमाडौं खरिबोट बस्ने गुल्मी मुर्साकोट नगरपालिका–२ घर भएका २५ वर्षीय विष्णु पछाई रहेका छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

असार २३ गते राति काठमाडौं महानगरपालिका–१ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडी करिब १२ लाख बराबरको सुन तथा चाँदीका गहना चोरी भएको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रही फरार रहेका उनीहरूलाई चोरी भएका विभिन्न सुन तथा चाँदीका गहना सहित पक्राउ गरेको हो ।

उनीहरूबाट सुनको तिलहरी, सिसा दानी, चुकुन्द, लकेट, बथनी अर्घ, ऐना र मुकुट १÷१ थान, चाँदीको करूवा, पाता, गिलास र माला २÷२ थान, दियो ५ थान, दियो बाल्ने ११ थान, कचौरा ४ थान, चम्चा ३ थान र १ सय २४ थान विभिन्न सिक्काहरू प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त मालीगाउँबाट आवश्यक अनुसन्धान भइरहेको छ ।