logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पशुपतिको आरतीमा पुगे ओली, महाकाली सन्धिमा कमजोरी भयो


अंकुरण खबर
1.495K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् ।

सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुगेका हुन् ।

बागमती गंगा आरती सेवा समितिको १५ औं वार्षिकोत्सव र सन्ध्याकालीन आरतीको उद्घाटन ओलीले त्यस अवसरमा गरेका थिए ।

साँझ नित्य आरती गर्दै आएको समितिको वार्षिकोत्सवका अवसरमा ओलीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो ।

महाकाली सन्धिमा कमजोरी रहेको ओलीद्वारा स्वीकार

त्यस्तै ओलीले राजधानीमा आयोजित एक अर्को कार्यक्रममा महाकाली सन्धिमा कमजोरी रहेको स्वीकार गरेका छन् । महाकाली सन्धि संसदले अनुमोदन गरेको साढे दुई दशकपछि ओलीले त्यसलाई स्वीकार गरेका हुन् ।

काठमाडौंमा पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रमका ओलीले सन्धि अनुमोदन गर्न महत्त्वपूर्ण भूमिका खेलेका ओलीले महाकालीको पानी दुवै देशको आधा आधा हो भन्ने विषयलाई सन्धिले स्थापित गरेको बताए।

तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा त्यस समयमा चर्चा नहुनु कमजोरी भएको ओलीले बताए ।

‘त्यस समयमा केही केही चर्चामा नरहेको विषय पनि रहेछ । धेरै पहिलेदेखि तल्लो शारदा नहर पनि चलेको रहेछ । त्यस समयमा चर्चा भएन । त्यसले गर्दा पानी खपतको बाँडफाँडको विषयमा प्रसस्त छलफल हुन पाएन । कतिपय ल्याप्सेस (कमजोरी) रहे,’ उनले भने ।

महाकाली सन्धि अनुमोदन भने आवश्यक रहेको उनको दाबी थियो । महाकाली सन्धिले गर्दा तत्कालीन समयमा नेकपा एमालेमा विवाद चर्किएको थियो । उक्त विवाद उत्कर्षमा पुग्दा पार्टी विभाजित भएको थियो ।