logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुरमा माइक्रो दुर्घटना, १८ जना घाइते


अंकुरण खबर
325
Shares

चितवनको भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम तथा सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । उक्त माइक्रोमा अधिकांश  मुक्तिनाथ बिकास बैंक धादिङमा कार्यरत कर्मचारी रहेको बताइएको छ ।