साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १०० पुगेको छ।
यसअघि सोमबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ४०० र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
चाँदीको मूल्य भने यथावत् रहेको छ। चाँदीको मूल्य भने सोमबारको जस्तै मंगलबार पनि प्रतितोला १ हजार २२० रुपैयाँ छ। सोमबार भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो।